पहिलो पटक एकैदिन शेयर कारोबार खुला : एकमा पोजिटिभ र अर्कोमा नेगेटिभ सर्किट

अर्थबिट २०८०-०३-२० १२:२५:०० बजे

काठमाण्डौ।मंगलबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भई आज(बुधबार)देखि पहिलो पटक शेयर कारोबार खुलेका २ कम्पनीमध्ये एकमा पोजिटिभ सर्किट लागेको छ भने अर्को कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । 

मंगलबार रावा इनर्जी डेभलपमेन्ट लिमिटेड(नेप्से सिम्बोल आरएडब्लुए) र मोदी ईनर्जी लिमिटेड(एमईएल)को साधारण शेयर नेप्सेमा सूचीकरण भएसँगै आजदेखि नियमित कारोबार भइरहेका ती २ कम्पनीमध्ये रावा इनर्जी डेभलपमेन्टमा पोजिटिभ सर्किट र अर्को मोदी इनर्जी लिमिटेडमा नेगेटिभ सर्किट लागेको हो । 

नेप्सेका अनुसार रावा इनर्जी प्रतिकित्ता रु.२४९.३० मा पहिलो कारोबार खुलेर ९.९९ प्रतिशतले शेयरमूल्य वृद्धि भई रु.२७४.२० पुगेको छ । तर आजदेखि कारोबारमा आएको मोदी इनर्जीको पहिलो कारोबार रु. २७० बाट १० प्रतिशतले शेयरमूल्य घटी रु.२४३ आइपुगेको छ । 

यो समाचार तयार पार्दासम्म रावा इनर्जीको शेयरमूल्यमा पोजिटिभ सर्किट लाग्दा आपूर्ति शून्य रहेको छ भने माग ८१ हजार कित्ता बढी शेयर माग देखिन्छ । उता मोदी इनर्जीको भने ठीक विपरीत नशेयरमूल्यमा भने नेगेटिभ सर्किट लाग्दा माग शून्य र आपूर्ति झण्डै ७६ हजार कित्ता शेयर आपूर्ति रहेको छ । 

र यो पनि पढ्नुस् :

आजदेखि नेप्सेमा थप नयाँ २ कम्पनीको शेयर किनबेच हुँदै (arthabeat.com)

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।