मितेरी डेभलपमेन्ट बैंकको हालसम्मकै न्यून लाभांश, बोनस शेयरको भारमा लगानीकर्ता

अर्थबिट २०८०-०७-२३ १०:३१:०० बजे

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको २३४ औं बैठकले आ.व.२०७/९८०को मुनाफा तथा संचित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश(९.५ प्रतिशत बोनस शेयर र नगद लाभांश ०.५० प्रतिशत कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकले विगतदेखि नै शेयरधनीहरुलाई बोनस शेयरको भार मात्रै थोपरिरहेको देखिन्छ ।आव २०७०/७१ देखि हालसम्म बोनस शेयर मात्रै लाभांशका रुपमा वितरण गरेको मितेरी डेभलपमेन्ट बैंकले आव २०६९/७० मा भने २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद वितरण गरेको थियो । आव २०६७/६८ मा पनि १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको लाभांश इतिहास छ । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।