मितेरी डेभलपमेन्ट बैङ्कको वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

अर्थबिट २०८०-०९-१५ ०८:५५:०० बजे

धरान । धरानमा केन्द्रीय कार्यालय रहेका मितेरी डेभलपमेन्ट बैङ्कको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा १८ औँ वार्षिक साधारण सभा बैङ्कले शनिबार सम्पन्न गरेको हो ।

साधारण सभाले यसअघि सञ्चालक समितिबाट घोषित ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

बैङ्कले साधारण सभाको अजेण्डामा छलफल तथा निर्माणार्थ निर्धारित विषयहरूसमेत हुबहु सर्वसम्मतले पारित गरेको छ ।

अन्य बैङ्क तथा वित्तीय संस्थामा गाभिने वा गाभ्ने (मर्जरमा जाने) विषयलाई समेत प्राथमिकतामा राखेको छ । सम्भावित मर्जरका सबै काम गर्ने अख्तियारी सञ्चालक समितिलाई सभाले प्रदान गर्ने अजेण्डा समेत पारित भएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको र लेखा परीक्षकको प्रतिवेदनसहित सो आर्थिक वर्षको असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण पारित गर्ने लगायतका अजेण्डा समेत पारित भयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।