साताको शेयर कारोबार हुने अन्तिम दिन आज बजार बढ्ला कि घट्ला ?

अर्थबिट २०८०-१०-०३ ०७:५५:०० बजे

काठमाण्डौ । यो साता शेयर कारोबार भएका दुवै दिन बजार आइतबार र मंगलबार नै सकारात्मक भए तापनि बुधबार भने सानो करेक्सन देखियो । हिजो बुधबार नेप्से परिसूचक २२ सय माथि पुगे तापनि अन्तिममा १२.१० विन्दू घटेसँगै ९.७६ अर्ब रुपैयाँ बढी कारोबार भयो । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।

नयन बास्तोला

मार्केटमा पोजिटिभ सेन्टिमेन्टका साथै प्रफिट बुकको चटारा देखिन्छ । बजारले बुधबारझैं आज पुनः २२ सय विन्दूमाथि परीक्षण गर्न खोज्ला । शेयर कारोबार हुने सुरुवाती सत्रमा आज बिहीबार पनि हिजो बुधबारको जस्तै ठूलो कारोबारले निरन्तरता पाउला । यद्यपि बिक्री चाप आए तापनि अन्त्यमा बजार पुनः उकालो लाग्ने मेरो आंकलन छ । खरिद चाप उल्लेख्य भएकाले इन्ट्राडे करेक्सन हुँदै अन्तिम सत्रमा बजार सकारात्मक हुने मेरो अनुमान छ ।

राजु कोइराला

बजार हायर हाई हुँदै गइरहेको छ । लगानीकर्ताहरुको उल्लेख्य सहभागितासँगै बढ्दो सक्रियताले कारोबार रकम पनि वृद्धि भइरहेको छ । नेप्से २१ सय ५८ र २१ सय ३० बीच निक्कै घम्साघम्सी भई तीव्र द्वन्द्व हुुनेछ । यही क्षेत्रमा बजारले मुभमेन्ट पनि सिर्जजा गर्दछ । बुलिस सेन्टिमेन्ट कायम रहँदै बजार २२ सय माथि नजाला र हिजो बुधबारजस्तै आज बिहीबार करेक्सनले नै निरन्तरता पाउला भन्ने मेरो अनुमान छ । अकोतर्पm हेर्दा हिजोआज बैंकिङ्ग सेक्टर के होला भन्ने कौतहुलता पनि बजारमा देखिन्छ । मेरो आंकलनमा बैंकिङ्ग सेक्टरले पनि बजारलाई अब निर्देशित गर्ला । नेप्से परिसूचकलाई समेत बैंकिङ्ग सेक्टरको साथ चाहिएको होकि जस्तो मलाई अनुभूति भएको छ । 

सनम बानियाँ

मलाई चाहिँ आज बिहीबार बजार घट्ला जस्तो नै लाग्छ । सबै आधारहरु सकारात्मक हुँदै जाँदा लगानीकर्ताहरुको मनोबलसमेत बलियो बन्दै गइरहेको छ । लगानीकर्ताहरुको मनोविज्ञान नेप्से २२ सय विन्दूलाई हिजो बुधबार तोड्न सकेन जसले केही दिनअघिको बजार सुधारमा केही अंकको ब्रेक लाग्ने सम्भावना देखिन्छ । बजार दिगो भएर अघि बढ्न शेयरको आपूर्ति खपत गर्न ठूला लगानीकर्ताको प्रवेश आवश्यक छ । 

आज बिहीबार बजार के होला ?

https://arthabeat.com/single/1705544518

 

 

नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।