आज बिहीबार बजार के होला ? (प्राविधिक विश्लेषण)

अर्थबिट २०८०-१०-०४ ०८:०६:०० बजे

काठमाण्डौ । प्राविधिक विश्लेषणका आधारमा आज बिहीबारको शेयर बजारमा मिश्रित सम्भावना देखिन्छ । यद्यपि बजारमा हिजोजस्तै थप करेक्सनले निरन्तरता पाउला भन्ने आंकलन गर्न सकिन्छ । प्राविधिक विश्लेषणका आधारमा बजारको सम्भावनाहरुका बारेमा अवगत गराउन गइरहेका छौँ ।

बुधबारको कारोबार :

हामीले अनुमान गरे बमोजिम नै बुधबार बजारमा बुल र वियरको तीव्र द्वन्द्व देखियो र अन्ततः बजारमा वियर हावी भयो । बुधबार २१८१.८० बाट शुरु भएको बजारको तल्लो विन्दू २१५४.०२ रहेको थियो जुन दिन बजार १२.११ अंक अर्थात ०.५६ प्रतिशत विन्दूले घटेर २१६३.०६ विन्दूमा बन्द भएको देखिन्छ । यस दिन कुल ३०० कम्पनीको ३,३५,२५,७०२  कित्ता मार्फत कुल ९ अर्ब ७६ करोड रकम बराबरको शेयर कारोबार भएको देखिन्छ ।

क्यान्डल स्टिक प्याट्रन :

बुधबार बजारले रेसिस्टेन्स लेभलमा रिभर्सल नेचरको क्यान्डल सुटिङ स्टार बनाएको छ यसले बजारको माथिल्लो ट्रेण्ड कमजोर भएको जनाउँछ । आज बजारले बुधबारको बजारको क्यान्डलको तल्लो विन्दू अर्थात २१५४.०२ तोडेर तल तिरको मुभ लिएको खण्डमा बजारमा माग पक्ष थप कमजोर हुने आंकलन गर्न सकिन्छ ।   

एमएसिडी :

बुधबारको बजारले डेलि बेसिसको एमएसिडी इन्डिकेटरमा पोजेटिभ क्रसओभर कायमै राखेको चार्टमा देख्न सकिन्छ । यो दिन डेलि वेसिसको हिस्टोग्रामको भ्यालु ५.३४ रहेको छ अर्थात यो इन्डिकेटरले बजार सकारात्मकता तर्फ लम्किरहेको देखाउँदछ ।

वोलिन्जर व्याण्ड :                                                                     

वोलिन्जर व्याण्डको मध्य भागमा सपोर्ट लिएर अगाडि बढेको बजारले बुधबारको क्यान्डलको हाई ब्रेक गरेको भएपनि बिक्री चापका कारण तल झरेर बन्द भएको देखिन्छ । यसले बजारमा करेक्सन शुरु भएको संकेत दिएपनि आज हुने कारोबारमा बन्न जाने क्यान्डलबाट थप पुष्टि हुनुपर्ने देखिन्छ । 

आरएसआइ :

१४ दिने आरएसआइको भ्यालु ६९.४४ रहेको छ जसले बजार सकारात्मक रहेको बताउँछ । नेप्सेको मंगलबारको कारोबारमा देखिएको आरआएसआइ डाइभर्जेन्सलाई हिजोको कारोबारले भ्यालिड गरेको देखिन्छ । 

सपोर्ट तथा रेसिस्टेन्स :

हाल २१६३.०६  मा रहेको नेप्सेको नजिकको सपोर्ट लेभल २०६० तथा नजिकको रेसिस्टेन्स लेभल २२४० विन्दूमा रहेको छ । फिवो चार्ट बमोजिम भने नेप्सेको सवैभन्दा नजिकको सपोर्ट एरिया भने २१२० रहेको देखिन्छ । बजारको मुभमेन्ट एकदम राम्रो रहेको र सेन्टिमेन्ट पनि सकारात्मक रहेका कारण बजार २१२० भन्दा तल जाँदैन कि भन्ने अनुमान पनि गर्न सकिन्छ ।

निष्कर्ष :

वुधबारको शेयर बजारको प्राइस एक्सनका आधारमा माथि उल्लेखित विभिन्न इन्डिकेटरहरुबाट हेर्दा बजारमा बिक्री चाप रहेको तथा तर आरआएसआइमा डाइभर्जेन्स समेत देखिएको छ । बजार मनोवैज्ञानिक रेसिस्टेन्स २२ सयभन्दा माथि पुगेर फर्किएको अवस्थाका कारण बजारले आजको कारोबारमा बुधबारको बजारको क्यान्डलको तल्लो विन्दु अर्थात २१५४.०२ तोडेर तल तिरको मुभ लिएको खण्डमा बजारमा माग पक्ष थप कमजोर हुनेछ जसका कारण बिक्री पक्ष हावी हुने सक्ने  अपेक्षा गरिएको छ । 

बिहीबार बजार घट्ला कि बढ्ला ? 

https://arthabeat.com/single/1705500629

 

नोट : यो प्राविधिक विश्लेषण केबल अध्ययन प्रयोजनका लागि मात्रै प्रकाशन गरिएको हो । यसैका आधारमा शेयर खरिदबिक्री गर्दा हुने जोखिमको जिम्मेवारी स्वयं हुुनुपर्नेछ । स्वविवेकमा लगानी गरौं । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।