अर्थबिट समाचार प्रभाव: स्टक ब्रोकर नम्बर ३९ ले लगानीकर्ताको शेयर फिर्ता दियो

अर्थबिट २०८०-१०-१० १०:५७:०० बजे

काठमाण्डौ । लगानीकर्ताको खाताबाट सुुटुक्कै शेयर बेचेको ब्रोकरले पुनः शेयर फिर्ता गरेको छ । 

स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले गत साताको बिहीबार लगानीकर्तालाई नै थाहै नदिई सुटुक्कै बेचिदिएको शेयर पुनः फिर्ता गरेको हो । 

ग्राहकको अनुमति बेगर बिक्री गरिदिएपछि गत आइतबार ब्रोकर नम्बर ३९ ले मोरङ उर्लाबारी निवासी युवराज काफ्लेको नाउँमा शेयर खरिद गरिदियो । हिजो मंगलबार उनले डिम्याट खातामा पुनः हिमालयन रिइन्स्योरेन्स(एचआरएल)को १० कित्ता शेयर प्राप्त गरेको अर्थबिटलाई जानकारी दिए । 

ब्रोकरले हेल्चेक्र्याईं गरेकै कारण आफ्नो डिम्याट खाताबाट शेयर हराएको काफ्लेको भनाइ छ । “समाचारले दबाब सिर्जना गर्यो ।  समाचार प्रभावका रुपमा मैले लिएको छु ।”,उने अर्थबिटसँग भने,“अर्थबिटमा न्यूज आएपछि मात्रै ब्रोकरले रेस्पोन्स गरेर शेयर किनिदिए ।” ब्रोकरले सुटुक्कै शेयर बिक्री गरेको इस्यूको अब चाहिँ सुनुवाई भएकोमा उनले खुशी व्यक्त गरे । 

काफ्लेले भने,“आफ्नो डिम्याट खाताको स्टेटमेन्ट पनि बेलाबेला चेक गर्नुपर्दो रहेछ” । लगानीकर्ता चनाखो र जागरुक हुनुपर्ने उनको सुझाव छ । 

यसअघि प्रकाशित समाचार : 

लगानीकर्ताले थाहै नपाई ब्रोकरले सुटुक्कै शेयर बिक्री गर्दै

 

https://arthabeat.com/single/1705645594

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।