जस्मिन पेन्ट्सको ५ लाख कित्ता आईपीओ आउँदै , बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

अर्थबिट २०८१-०९-२२ ०८:५६:०० बजे

काठमाण्डौ । जस्मिन पेन्ट्स लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१०० दरका ५ लाख कित्ताले हुन आउने रकम रु.५ करोड बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त क्रममा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरी आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।