सिंघम स्टक बन्यो उपकार लघुवित्त !

अर्थबिट २०८१-१०-२१ ०१:००:०० बजे

काठमाण्डौ । नेप्से परिसूचक र कारोबार रकममा समेत उछाल आइरहेको बेला उपकार लघुवित्त वित्तीय संस्था लि.को शेयरमूल्यमा पनि भारी वृद्धि भएको छ । 

आज सोमबार उपकार लघुवित्त वित्तीय संस्था लि.को शेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । आज एकैदिन उक्त कम्पनीको शेयरमूल्यमा १० प्रतिशतको वृद्धि अर्थात् प्रतिकित्ता रु.५०४.५ बढेको हो । जसका कारण यो कम्पनीको शेयरमूल्य अहिले बजारमा प्रतिकित्ता रु. ५ हजार ५४९.५० पुगेको हो । 

उपकार लघुवित्तको शेयरमूल्यमा भएको सिंघम वृद्धिसँगै यो कम्पनी नै आजको दिनमा सबैभन्दा महँगो मूल्य पनि कायम भएको छ । अहिले यो समाचार तयार पार्दासम्म यो कम्पनीको मार्केट डेप्थ नियाल्दा ५३ हजार ६०० कित्ता बढी माग भइरहेको छ भने आपूर्ति तर्फ शून्य रहेको नेप्सेले जनाएको छ । 

नेप्सेमा उपकार लघुवित्तको कुल शेयर संख्या १० लाख ६१ हजार ४८२ कित्ता रहेकोमा सर्वसाधारणको हिस्सा केबल ३ लाख ७१ हजार ५१८ कित्ता रहेको छ । कम्पनीले आ.व.२०७९–८० मा ६१.७५ प्रतिशत बोनस शेयर दिएको थियो । कम्पनीको नेटवर्थ हाल रु.२३७.८० छ भने इपीएस ४.१६ रहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।