काठमाण्डौ । न्यादी हाइड्रोपावर लि.(एनवाईएडीआई) स्थानीयबासीलाई आरक्षणबापतको १० प्रतिशत शेयर अर्थात् १५ लाख कित्तामध्ये करिब ३ लाख कित्ता शेयर मात्रै डिम्याट हुन बाँकी रहेको छ ।
न्यादी हाइड्रोपावर लि.का प्रशासन प्रमुख गोकुल भण्डारीका अनुसार स्थानीय प्रभावितलाई वितरण गरिएको १५ लाख कित्ता शेयरमध्ये अधिकांश शेयर डिम्याट भइसकेको जानकारी दिएका हुन् । झण्डै ३ हजार जति स्थानीयहरुले करिब ३ लाख कित्ता जति न्यादीको शेयर डिम्याट नभएको उनले अर्थबिटसँग बताए । “ स्थानीय धेरै को शेयर डिम्याट भइसक्यो । चानचुन ३ लाख हाराहारी मात्रै डिम्याट हुन बाँकी छ । बजारमा हल्ला चलाईए जस्तो १५ लाख कित्ता शेयर डिम्याट नभएको भन्ने अफवाह मात्रै हो ।”,उनले अर्थबिटसँगको कुराकानीमा भने,“ एनएमबी क्यापिटलसँग सहकार्य गरी बाँकी ३२ सय जति स्थानीयको करिब ३ लाख कित्ता शेयर डिम्याट गराउन कार्यक्रम पनि गर्दैछौँ ।”
न्यादीको शेयरमा पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण रहेको छ । तर हिजो सोमबार केही गिरोहले मूल्य झार्नका लागि १५ लाख कित्ता डिम्याट भइनसेको अब बजारमा आपूर्ति आउने भन्दै लगानीकर्ताहरुलाई अत्याउँदै अफवाह फैलाएका थिए । केही अनलाइन मिडियाले यस विषयमा भ्रामक तथा अफवाह फैलाइएको समाचार प्रकाशन गरेपछि ती गिरोहले सामाजिक सञ्जालबाट नै पोस्ट हटाएका थिए ।
यो पनि पढ्नुस् : न्यादीको शेयरमूल्य झार्न गिरोह सक्रिय !