काठमाण्डौ । नेप्से परिसूचक पछिल्लो तल्लो विन्दू(१८८१) बाट अहिले(२७२७ ) विन्दू आइपुग्दासमेत म्युचअल फण्डहरुले शेयर बजारबाट मुनाफा नकमाएपछि लगानीकर्तालाई कङ्गाल बनाएका छन् ।
प्राथमिक बजारमार्फत् प्रति इकाई रु.१० मा खरिद गरी ८ रुपैयाँ आसपासमा इकाई बिक्री गर्नेको घुर्ईंचो लाग्न थालेसँगै म्यचुअुल फण्डहरुले लगानीकर्ताहरुलाई कङ्गाल बनाएका हुन्।बजार बढेपनि इकाईको न्याभ बढाउन नसकेपछि लगानीकर्ता न त लाभांश पाउन सकेका छन् न त पूँजीगत लाभ नै ।
लगानीकर्ता विष्णु नारायण भन्छन्,“नेपालको सन्दर्भमा म्युचुअल फण्ड त्यत्ती उपयुुक्त नहुने रहेछ ,आखिर म्युचुअल फण्डका सन्चालक पनि नेपालीनै त होनि , नेपालीले चान्स पायो भने गर्छ के गर्छ त भन्दा आफ्नो मात्र खल्ती भर्ने काम गर्छ लगानीकर्ता त रु. १० लगानी गर्यो रु. ८ को दरले पोर्टफोलियो हेर्यो बस्यो , न ब्याज न बोनस , न मूल्य , १० बर्ष कोमामा जाने रहेछ ।”
अर्का लगानीकर्ता गोविन्द शर्मा बजगाईंले सर्वसाधारण सधै घाटामा, सञ्चालक र ठूला कर्मचारी सधै नाफामा हुने गरेको आरोपसमेत लगाए ।
दिउँसो ११ बजेदेखि ३ बजे हुने शेयर कारोबार सत्रमा समेत म्युचुअल फण्डका इकाईहरुको बेच्ने लर्को लागेको छ । बजार परिसूचक ५० प्रतिशत बढी तन्किएर माथि लम्किदै गर्दा प्रायः म्युचुअल फण्डका इकाईहरुको बजारमा ८ देखि ९ रुपैयाँ हाराहारी किनबेच भइहरेको छ । २ रुपैयाँसमम सस्तिर घाटा बेहार्दै लगानीकर्ता बाहिरिन थालेका हुन् ।
