शेयरको बम्पर कमाई जसले दियो केबल १० महिनामै ४०० प्रतिशत रिटर्न !

अर्थबिट २०८१-११-१९ ०९:१६:०० बजे

काठमाण्डौ । सही समय सही निर्णय अनि अनुशासनमा गरिएको लगानीले शेयर बजारमा राम्रो रिटर्न दिन्छ । सिइडिबी होल्डिङ्स लि. (सिएचडिसी) ले समेत लगानीकर्ताहरुलाई बम्पर कमाई दिएको छ । 

धैर्य र अनुशासन रही दोस्रो बजारमा शेयर खरिदबिक्री गर्ने कम्पनीले राम्रो रिटर्न दिन्छ भन्ने उदाहरण बनेको छ सिइडिबी । उक्त कम्पनीको मूल्य १० महिनामै ४ गुणा बढेर लगानीकर्ताहरुलाई पूँजीगत लाभ प्रदान गरेको छ । अर्थात् १० महिनामै सिएचडिसीको मूल्य रु. ६०० बाट बढेर रु. २४ सय पुगेको छ । 

मे ९ २०२४ मा सिएचडिसीको शेयर प्रतिकित्ता ६०० रुपैयाँमा कारोबार भइरहेको थियो । लगत्तै ३ महिनापछि कम्पनीको मूल्य १८ सय हाराहारी पुगेको थियो । हिजो आइतबार मात्रै उक्त कम्पनीको मूल्य २४ सय २४ रुपैयाँ कायम भएको नेप्सेले जानकारी दिएको छ । यसरी कम्पनीको शेयरमूल्य १० महिनामै छलाङ मार्न सफल रहेको छ । अर्थात् १० महिनामै उक्त कम्पनी रु. ६०० बाट बढेर रु. २४ सय पार गर्दा शेयरमूल्यमा ४०० प्रतिशत अर्थात् ४ गुणा बढ्न पुगेको हो ।  

यसरी कम्पनीको शेयर १० महिनाअघि मात्रै खरिद गरेका लगानीकर्ताले दोस्रो बजारमा सहजै ४ गुणा कमाइ गरेका छन् । १ वर्ष पनि नपुग्दै उक्त कम्पनीको शेयर खरिद गरी होल्ड गरेका लगानीकर्ताको सम्पत्ति ४ गुणा बढेको छ । 

सिएचडिसीको नेटवर्थ प्रतिशेयर रु.१५८.०६ रहेको छ । इपीएस भने रु.४०.५१ र पीई अनुपात ४०.२१ रहेको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।