काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लि.को मूल्य करिब २५ सय रुपैयाँले घटेको छ ।
गत माघ २३ गते उक्त लघुवित्तको मूल्य ६ हजार ५८८ रुपैयाँ पुगेको थियो । आज फागुन २५ गते उक्त कम्पनीको मूल्य रु.४ हजार १६७ आइपुगेको हो । यसरी १ महिना पनि नहुँदै लघुवित्तको मूल्य रु. २४ सय २१ घटेको हो ।
उपकार लघुवित्त वित्तीय संस्था लि.को आज आइतबार एकैदिन रु.४६३ ले मूल्यम झरेको छ । मूल्य गिरावटको क्रमसँगै उच्च मूल्यमा खरिद गरेका लगानीकर्ताहरुको भागभाग भइरहेको छ । यस कम्पनीको आइतबार ९ हजार ८८ कित्ता ३ करोड ८७ लाख ५४ हजार रुपैयाँ हाराहारीको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
ग्रामीण विकास लघुवित्तले लो क्याप तर ३५ सय माथि पुगेको समाज लघुवित्तलाई किन्ने प्रारम्भिक सम्झौता भएसँगै उक्त स्टकको मूल्य पनि दैनिक ओरालो लागिरहेको छ । लो क्याप स्टकको लोभलालचको जालमा उच्च मूल्यमा खरिद गरेका लगानीकर्ताहरु सस्तैमा शेयर बिक्री गर्ने होडबाजीले मूल्य ओरालो लागिरहेको बताइन्छ ।
कस्तो छ कम्पनी ?
उपकार लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा ३ लाख ७१ हजार ५१८ कित्ता शेयर खरिदबिक्रीका लागि योग्य छन् । कम्पनीको नेटवर्थ प्रतिशेयर रु. १६९ र इपीएस रु.२५.१९ रहेको छ ।