काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लि.ले पूर्व प्रस्तावित शत प्रतिशत(१ः१) हकप्रद निष्कासनलाई संसोधन गरी ६५ प्रतिशत.(१ः०.६५) मात्रै हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव गरेको छ ।
आ.व.२०८०/८१ को वार्षिक साधारण सभा तथा बुक क्लोज सम्बन्धमा जानकारी दिंदै कम्पनीले यस्तो बताएको हो । साथै कम्पनीको बुक क्लोज मिति पनि आगामी चैत ८ गते हुने बताइएको छ ।
युनाइटेड मोदी हाइड्रोपावर लि. कम्पनीको हिजो फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको एघारौं वार्षिक साधारण सभामा विभिन्न विषयहरुमा छलफल गर्ने गरी बोलाउने निर्णय भएको कम्पनीले जनाएको छ।
साधारण सभा चैत्र २७ गते बुधबार विहान ११ बजे कालीमाटी बैङ्केट हल , कालिमाटी काठमाडौंमा बस्ने कम्पनीले जानकारी दिएको छ।
यस्ता छन् एजेण्डा :
१.सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी
पारित गर्ने।
२.लेखापरिक्षकको प्रतिवेदन सहितको आ।व। २०८०/०८१ का वासलात, नाफा नोक्सान हिसाब र
नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने।
३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८१/०८२ को लेखापरीक्षण कार्यको लागि
लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।
४.अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सब्चालक समितिलाई अख्तियारी दिने।
विशेष प्रस्ताव
१.मिति २०८१/०२/२७ गतेको दशौं वार्षिक साधारण सभावाट हाल कायम रहेको चुक्ता पूजी रु. १,२३,०५,००,००० वमोजीमको शेयर संख्या १,२३,०५,००० किक्ता शेयर बराबर १ शेयरका दरले १ः१ अनुपातमा हकप्रद शेयर जारी तथा निश्काशन गर्ने निर्णय भएकोमा सो शेयर अनुपात संशोधन गरी १ शेयर दरले ०ः६५ अनुपातमा जारी तथा निश्काशन गर्ने सम्बन्धमा ।
२. हकप्रद शेयर निष्काशनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने सम्बन्धमा।
३.हकप्रद शेयर जारी तथा निष्काशन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., कम्पनी रजिष्ट्रारको कार्यालय, लगायतका नियमनकारी निकायमा आवश्यक अभिलेखन कार्य गर्नका लागी कम्पनीको सब्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।
४. माथि उल्लेख गरे बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरु
कम्पनी रजिस्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक
निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा
परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा।
विविध
साथ साधारण सभा प्रयोजनका लागि मिति २०८१/१२/०८ गते कम्पनीको शेयरधनी दर्ता किताब बन्द रहने (बुक क्लोज हुने) व्यहोरा तहाँको जानकारीका लागि अनुरोध छ।