काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले २ कम्पनीको नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले बुक क्लोज गरेस नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्सको मूल्य समायोजन गर्दै नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
नेप्सेले नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् उक्त कम्पनीको शेयरमूल्य १ हजार ९८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । त्यसैगरी नेप्सेले र सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् उक्त कम्पनीको शेयरमूल्य ५७१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यी दुवै कम्पनीको बुधबारबाट यही नयाँ मूल्यबाट कारोबार हुनेछ ।
नेप्सेले मंगलबारको कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार दिन नेस्डोको शेयर प्रतिकित्ता रु.२ हजार २७३ र सिटिजनको शेयर प्रतिकित्ता ७२५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यका आधारमा भोलि दोस्रो बजारमा नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्सको कारोबार खुल्नेछ ।