ग्लोबल कन्जुमर एक्स्पो सुरु, स्वदेशी तथा विदेशी ब्रान्डका सामाग्रीहरु सुपथ मूल्यमा खरिद गर्न सकिने

अर्थबिट २०८२-०२-०१ ०७:०५:०० बजे

काठमाण्डौ। ग्लोबल कन्जुमर एक्स्पो २०२५ आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य रूपमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गरेका हुन्।

उद्घाटनकै क्रममा पूर्व कप्तान पारस खड्काले यस किसिमको कन्जुमर मेलामा विभिन्न सामाग्रीहरु एकै छानामुनि उपलब्ध हुने भएकाले आफूले पनि स–परिवार सहित एक्स्पो भिजिट गर्ने इच्छा व्यक्त गरे । 

इभेन्ट्स सोलुसनको आयोजनामा सुरु भएको यस एक्स्पोमा १३० भन्दा बढी स्वदेशी तथा विदेशी स्टलहरु राखिएका छन्। साना तथा मझौला उद्योगहरुलाई बजार विस्तारमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यो एक्स्पोले व्यवसायिक सम्भावनालाई नयाँ दिशा दिने अपेक्षा गरिएको इभेन्ट्स सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । 

Shopping को नयाँ ठेगाना भन्ने नाराका साथ सुरु गरिएको यो एक्स्पोमा विभिन्न रोचक तथा आकर्षक कार्यक्रमहरू समावेश छन् । यस एक्स्पोमा ग्राहकले एकै छाना मुनि स्वदेशी तथा विदेशी ब्रान्डका सामाग्रीहरु सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् । 

एक्स्पोको मुख्य आकर्षणका रुपमा १५ भन्दा बढी प्रकारका उत्पादन, १३० बढी स्टल, स्वादिलो फुड स्टल, मनोरञ्जनात्मक प्ले जोन, गिफ्ट ह्याम्परहरु राखिएको छ । 

यो एक्स्पो नवप्रवर्तन, उद्यमशीलता र उपभोक्ता प्रवृत्तिको उत्सव रहेको प्रधानले बताए । यस एक्स्पोमा ५० हजार बढी मानिसहरुले भिजिट गर्ने अपेक्षा गरिएको छ । 

पाँच दिनसम्म चल्ने यो एक्स्पोमा उपस्थिति भई स्टलहरुको अवलोकन गर्न र नेपाली उत्पादनहरूलाई समर्थन गर्न  आयोजकको आग्रह छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।