काठमाण्डौ । ब्रिटिस काउन्सिल नेपालले तदनुसार अक्टोवर १५, २०२५ (२०८२–साउन–३० गते) का दिन आइइएलटीएस सम्बन्धी साझेदार सम्मेलन (पार्टनर समिट) मा विशेष कार्यक्रम आयोजना ग¥यो ।
युवा नेपाली विद्यार्थी र पेशागत व्यवसायिक व्यक्तिलाई अन्र्तराष्ट्रिय शिक्षा र करिअर निर्माणको अवसरहरुमा पहुँच दिलाउन सञ्चालित संस्थाको काम र गतिविधिलाई उत्सवको रुपमा मनाउन आयोजित कार्यक्रममा आइइएलटीएस सम्बन्धी थुप्रै साझेदारलाई सहभागी गराइएको थियो ।
कार्यक्रमको सफल आयोजनाले ब्रिटिस काउन्सिल र आइइएलटीएस सम्बन्धी साझेदारबीचको बलियो सम्बन्धलाई प्रतिबिम्वित गरेको छ र विविध क्षेत्रबाट आएका नेपालीलाई अन्र्तराष्ट्रिय क्षमता र योग्यतासँग जोड्दै नेपालमा शैक्षिक अवसरहरु अभिवृद्धि गर्ने हाम्रो सामूहिक प्रतिवद्धतालाई अझ सबल बनाएको छ ।
कार्यक्रमका अवसरमा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म आइइएलटीएसको जाँचमा असाधारण समर्पण र योगदान दिएका उत्कृष्ट साझेदारहरुलाई सम्मान गरिएको थियो ।
विभिन्न विधा (क्याटोगरी) मा गरी कूल २० वटा अवार्ड प्रदान गरिएको थियो । जसमध्ये उत्कृट कार्यसम्पादन गर्ने संस्था (प्लेटिनम पार्टनर) को रुपमा अर्बिट मेडिकल इन्ट्रान्स प्राइभेट लिमिटेड र उत्कृष्ट कार्यसम्पादन गर्ने संघको रुपमा इक्यानलाई सम्मान गरियो ।
ग्लोबल च्यानल पार्टनर अभियानको शुभारम्भ
ब्रिटिस काउन्सिल नेपालले आइइएलटीएसका व्यवसायिक साझेदारलाई सम्मान र पुरस्कृत गर्न ग्लोबल च्यानल पार्टनर अभियान शुभारम्भ गरेको छ । यस अभियानले आइइएलटीएसका लागि सबैभन्दा बढी संख्याका विद्यार्थी दर्ता गर्ने संस्थालाई मात्र नभई हरेक बर्ष क्रमशः उपलव्धि हासिल गर्दै जाने उत्कृष्ट संस्थाले समेत सम्मान र पुरस्कार जित्न सक्ने निष्पक्ष अवसर हरेकलाई प्रदान गर्ने लक्ष्य लिएको छ । यसको अर्थ भनेको ठूला र साना दुवै साझेदारले त्यसका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् ।
उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारहरुलाई पूर्ण रुपमा आर्थिक सहायता प्रदान गरी संयुक्त अधिराज्यको लन्डनस्थित ब्रिटिस काउन्सिलको मुख्यालयमा आयोजित समापन समारोहमा सहभागी गराइनेछ र त्यसपछि संयुक्त अधिराज्यको शैक्षिक भ्रमणमा समेत संलग्न गरिनेछ ।
आइईएलटीएस उपहार अभियान
यसैबीच, ब्रिटिस काउन्सिल, टर्किस एयरलाइन्स, पठाओ र सफारीबीचको सहकार्यमा क्ष्भ्ीत्क् उपहार अभियानको तेस्रो संस्करण (थर्ड सिजन) शुभारम्भ भएको घोषणा गर्न पाउँदा हामी निकै हर्षित भएका छौं ।
उक्त सहकार्य अनुसार टर्किस एयरलाइन्स आधिकारिक एयरलाइन्स साझेदार, पठाओ आधिकारिक यातायात साझेदार र सफारी आधिकारिक लगेज साझेदार भएका छन् । नयाँ सिजनमा आइईएलटीएस जाँच दिने विद्यार्थीहरुले जाँच भएको हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्न सक्नेछन् भने अन्तिममा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ ।
पुरस्कारमा बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोपका लागि एकतर्फी हवाइ टिकट, एप्पलको म्याकबुक एयर, सफारीको विशेष सुटकेश, पठाओको राइडमा छुट र रेस्टुरेन्ट भौचर समावेश गरिएका छन् । बम्पर उपहारमा टर्किस एयरलाइन्सको तर्फबाट विभिन्न गन्तव्यमा गरी ४ वटा एकतर्फी हवाइ टिकट (तीन वटा–बेलायत, अमेरिका वा युरोपका लागि तथा एउटा टिकट टर्किस एयरलाइन्स बाहेक अन्य एयरलाइन्सबाट अस्ट्रेलिया जान ) प्रदान गरिनेछ । त्यस्तै, पठाओको तर्फबाट आइईएलटीएस जाँचको दिनमा ३० प्रतिशत (५० रुपैयाँसम्म) छुट र लक्की ड्रका विजेतालाई निश्चित रेस्टुरेन्टमा ३० प्रतिशत छुटसहितको फुड भौचर प्रदान गरिनेछ, साथै सफारीको तर्फबाट उच्च गुणस्तरिय सुटकेश उपलव्ध हुनेछ ।
यस अभियानमा सहभागी हुनका लागि उम्मेदवारले १५ अगस्ट २०२५ देखि ३१ अक्टोवरसम्म क्ष्भ्ीत्क् को लिखित परीक्षा वा कम्प्युटरबाट परीक्षा दिनका लागि बुकिङ गर्दै रकम बुझाएको हुनुपर्नेछ । यसबारे विस्तृत जानकारीका लागि https://www.britishcouncil.org.np/ df हेर्न सकिनेछ ।
अभियान शुभारम्भको क्रममा नेपालस्थित बेलायती राजदूत महामहिम रोब फेनले भन्नुभयो–“बेलायतको विश्वस्तरिय शिक्षा प्रणालीले कुनै पनि व्यक्तिको जीवनमा रुपान्तरण गर्न सक्ने अवसर सृजना गरेको छ र यसअघिका बर्षहरुमा भन्दा बढी नेपाली विद्यार्थीले आफ्नो पढाइका लागि बेलायतलाई रोजिरहेको देख्न पाउनु उत्साहजनक क्षण हो । यो वृद्धिले विश्वव्यापी रुपमा नेपाली विद्यार्थीको योग्यतालाई मान्यता दिलाउन अथक प्रयास गरेका नेपालका हाम्रा शैक्षिक साझेदारहरुको समर्पण र व्यवसायिकतालाई प्रतिबिम्वित गरेको छ । शैक्षिक क्षेत्रलाई सबल तुल्याउन तथा नेपालको समृद्धिमा योगदान गर्न र आफ्नो व्यक्तिगत चाहना र लक्ष्य प्राप्तिका लागि नेपाली युवाहरुलाई आवश्यक सीप, ज्ञान र अनुभव सुनिश्चित गर्न हामी ब्रिटिस काउन्सिल र नेपाल सरकारसँग मिलेर काम गर्न प्रतिवद्ध छौं ।”
कार्यक्रम आयोजनाप्रति आभार प्रकट गर्दै ब्रिटिस काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक प्रतिष्ठा थापा रायमाझीले भन्नुभयो–“ हाम्रा सबै साझेदार र सरोकारवालाहरुलाई उनीहरुको उत्कृष्ट कार्यसम्पादन र ब्रिटिस काउन्सिललाई गरेको सहयोगलाई उत्सवको रुपमा मनाउन एकै ठाउँमा भेला गर्न पाउनु हाम्रो लागि गौरवपूर्ण क्षण हो । उनीहरुको समर्पणले नेपाली युवाहरुलाई सशक्तिकरणमार्फत रुपान्तरणमुखी अवसरको ढोकाहरु खोलेका छन्, त्यसैले हामी मिलेर उनीहरुको उज्ज्वल भविष्य निर्माण गरिरहेका छौं ।”