२५ वर्षभन्दा बढी पुरानो सिप्ला सेक्युरिटीजलाई शेयर कारोबारमा रोक

अर्थबिट २०८२-०३-२२ ०८:२३:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) ले स्टक ब्रोकर नं. २० सिप्ला सेक्युरिटीज प्रालिलाई शेयर कारोबार गराउन नपाउने निर्णय गरेको छ ।

समयमा नै कारोबारको राफसाफ तथा फछ्र्याैट नगरेका कारण नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) ले २५ वर्षभन्दा बढी पुरानो स्टक ब्रोकर नं. २० सिप्ला सेक्युरिटीज प्रालिलाई शेयर कारोबार गराउन नपाउने निर्णय गरेको हो । 

आइतबार नेप्सेले धितोपत्र कारोबार विनियमावली, २०७५ को विनियम २२ को उपनियम १(छ) बमोजिम असार २३ गतेदेखि लागू हुने गरी ३ कार्य दिनका लागि कारोबार गर्न नपाउने गरी निलम्बन गरिएको जानकारी दिएको छ । 

तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्र्यौट कार्य नगरेको कारण ब्रोकर नं. २० लाई शेयर कारोबार गर्नबाट वञ्चित गराइएको हो । 

टीप्लस २ मा धितोपत्र कारोबार राफसाफ(सेटलमेन्ट) हुने प्रावधान रहेकोमा उक्त ब्रोकर नं. २० ले सेटलमेन्टका लागि आवश्यक रकम उपलब्ध नगराएका कारण अब ३ कार्य दिन कारोबार गर्न पाउने छैन । अर्थात् असार २६ गतेदेखि मात्रै उक्त ब्रोकरको निलम्बन फुकुवा हुनेछ । 

अधिकांश ब्रोकरहरुले उधारो शेयर कारोबारलाई प्राथमिकतामा राख्दा राफसाफमा आवश्यक फण्ड जम्मा गर्न असमर्थ हुन्छन् । एक ब्रोकरका अनुसार हिजोआज धितोपत्र कारोबारको राफसाफका रकमको जोहो गर्न निकै धौधौको अवस्था रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।