नुडल्स उत्पादन गर्ने अमुदी फुड्सले पनि आइपीओ जारी गर्ने

अर्थबिट २०८२-०४-२८ ०८:५३:०० बजे

काठमाण्डौ । अमुदी फुड्स लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१०० दरको २० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा अमुदी फुड्स लि.को को तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यस कम्पनीकोे कर्पोरेट अफिस काठमाण्डौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरमा रहेको छ भने चितवनको भरतपुर न.पा.वडा नं. १२, गोन्द्राङमा फुड्स उत्पादन गर्ने उद्योग रहेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद तथा ख्यातिप्राप्त व्यक्तित्वहरुको लगानी रहेको छ ।

अमुदी फुड्स लिमिटेडले ] U-n-Me  ब्रान्डद्वारा गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको छ । स्न्याक्सको क्षेत्रमा U-n-Me Cheesy Cheese Ring, U-n-Me Cheese Ball, U-n-Me Masala Munch, U-n-Me Pomess, U-n-Me Potato Chacker, U-n-Me Tangy Tomato Ring, U-n-Me Akabara Chatpate, U-n-Me Grand, U-n-Me Fire Ball, U-n-Me Mixed Dalmotha, U-n-Me Plain Bhujia, U-n-Me Any Time Dalmotha, U-n-Me Aloo Bhujia / U-n-Me Salted Penauts जस्ता उत्पादनहरु बजारमा लोकप्रिय रहँदै आएको ब्रान्डले अब नुडल्स उत्पादनलाई पनि रणनीतिक रुपमा अघि सारेको छ ।  उद्योगबाट उत्पादित U-n-Me ब्रान्डको प्रोडक्टले स्वदेश तथा विदेशमा नेपाली स्वादको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ । यस उद्योगको क्षमता अभिवृद्धि गरी नुडल्स उत्पादन मार्फत बजार विस्तार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा U-n-Me लाई  एक प्रतिष्पर्धी ब्रान्डको रुपमा स्थापित गर्ने विश्वास लिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।