बिजबजार र बन्दीपुर केबलकार बीच सहकार्य : सेवाग्राहीलाई २५ प्रतिशतसम्म छुट योजना घोषणा

अर्थबिट २०८२-०२-२३ ०८:२९:०० बजे

काठमाण्डौ । नेपाली ई–कमर्श प्लेटफर्म बिजबजार लिमिटेड र पर्यटकीय गन्तव्य बन्दीपुरमा अवस्थित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबिच बजार प्रवर्द्धन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

गत जेठ २१ गते सम्पन्न उक्त सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकाल र बन्दीपुर केबलकारको तर्फबाट महाप्रबन्धक रोमन मान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

सो सम्झौता अनुसार बिजबजारका ग्राहकहरूले बन्दीपुर केबलकारको टिकटमा २५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, बन्दीपुर केबलकारका सेवाग्राहीहरूले बिजबजारमार्फत सामान खरिद गर्दा फ्ल्याट १५ प्रतिशतको छुट प्राप्त गर्नेछन् । उक्त साझेदारीले आन्तरिक पर्यटन र डिजिटल व्यापार दुवैको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।