शेयर बिक्री गर्दा २० प्रतिशत जरिवाना, यसरी बच्नुहोस

अर्थबिट २०८२-०८-१० १०:३५:०० बजे

काठमाण्डौ । यस सातादेखि बजार लगातार बढिरहेको छ । बजार बढिरहेको बेला नाफा बुक गर्नका लागि शेयर बिक्री गर्नुहुन्छ तर बिक्री गरिसकेपछि इडीआइएस गर्न भुल्न पनि सक्नुहुन्छ । यदि शेयर बिक्री गरिसकेपछिको तपाईको दायित्व भुल्नु भएमा बिक्री रकमको २० प्रतिशत रकम तपाईंबाट खरिदकर्ताले पाउने हक हुन्छ । यसकारण हामीले तपाईंलाई इडीआइएस कसरी गर्ने भन्ने विषयमा जानकारी दिएका छौ । 

सेयर बिक्री गरेपछि बिक्री गरेको भोलि (Next Day) भित्रमा EDIS गर्नुहोस र २०% जरिवाना लाग्नबाट बच्नुहोस ।

 

My Holdings Calculate कसरी गर्ने?

१. सर्वप्रथम, Mero Share Log In गर्न Google Chrome / Mozilla Firefox / Microsoft Edge / safari जस्ता web browser को प्रयोग गर्नुहोस ।

२. My Purchase Source मा जानुहोस् ।

३. My Holdings मा जानुहोस् र Holdings Calculate गरेर Update गर्नुहोस ।

 

My Holdings Calculate गर्दा ध्यान दिनुपर्ने कुराहरु:

यदि हजुरले बेचेको company merger भएको छ भने: User defined merger flag मा click गरी Remarks मा merger लेखेर My Holding update गर्नुहोस, अन्यथा, यसलाई बेवास्ता गर्नुहोस ।

 

Share Transfer कसरी गर्ने?

१. My EDIS मा जानुहोस् ।

२. Transfer Share मा जानुहोस् ।

३. View Details मा Click गरेर Select All मा Click गर्नुहोस त्यसपछि Update मा Click गर्नुहोस ।

४. My WACC मा जानुहोस् WACC Rate चेक गरेर WACC Update Confirm गर्नुहोस ।

त्यसपछि “Successfully Transfer for Requested Share” Message आएपछि EDIS पूरा भयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।