काठमाण्डौ । कुमारी बैंकको प्रतिकित्ता रु. १०५ का दरले करिब २५ लाख कित्ता कारोबार भएको छ ।
आइतबार कुमारी बैंकको प्रमोटर शेयर प्रतिकित्ता रु. १०५ का दरले करिब २५ लाख कित्ता कारोबार भएको हो ।
नेप्सेका अनुसार ब्रोकर नं. ३८ (बिक्री) र ६४ (खरिद) बीच भएको कारोबारमा रु. १०५ का दरले कुल २४ लाख ९३ हजार ८६६ कित्ता प्रमोटर शेयर किनबेच हुँदा कुल रु. २६ करोड १८ लाख ५५ हजार ९३० बराबरको कारोबार भएको हो ।
उक्त बैंकका सर्वसाधारण शेयर हाल दोस्रो बजारमा प्रतिकित्ता रु.१७८ हाराहारीमा खरिदबिक्री भइरहेको छ ।