नेप्से सूचकाङ्क २५४०.५८ कायम

अर्थबिट २०८२-०८-२९ ०५:४०:०० बजे

काठमाण्डौ । २०८१ कात्तिक मसान्तमा २७४८.७९ रहेको नेप्से सूचकाङ्क २०८२ कार्तिक मसान्तमा २५४०.५८ कायम भएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चार महिना (२०८२ कात्तिकसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै २०८२ कात्तिक मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४२६५ अर्ब ६८ करोड कायम भएको जानकारी दिएको छ । २०८१ कात्तिकमसान्तमा बजार पुँजीकरण रु.४३७६ अर्ब ९० करोड रहेको थियो । २०८१ कात्तिक मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.६७ प्रतिशत रहेकोमा २०८२ कात्तिक मसान्तमा ६९.८५ प्रतिशत रहेको छ ।

२०८२ कात्तिकमसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सब्ख्या २८३ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९७ जलविद्युत्कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ कार्तिकमा सूचीकृत कम्पनीहरूको सब्ख्या २६७ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटलको हिस्सा २.९ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.६ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ कार्तिक मसान्तमा सूचीकृत रु.९ अर्ब २ करोड सेयरको चुक्ता मूल्य रु.८८९ अर्ब ५३ करोड रहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु.१९ अर्ब २ करोड बराबरको साधारण सेयर, रु.५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, रु.५ अर्ब बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ४० करोड बराबरको बोनस सेयर र रु.९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल रु.३६ अर्ब १६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ४३ करोड बराबरको म्युचुअल फण्ड, रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र रु.३ अर्ब ३७ करोड बराबरको साधारण सेयर गरी कुल रु.१६ अर्ब ५७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।