काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लि. (स्वस्तिक) को शेयरमूल्यमा पहिरो गएको छ । एकैदिन उक्त कम्पनीको प्रतिकित्ता रु.५४० सम्म घटेको छ ।
नेप्सेका अनुसार आइतबार स्वस्तिकको शेयरमूल्यमा पहिरो गएको हो । एकैदिन उक्त कम्पनीको प्रतिकित्ता रु.५४० सम्म घटेको हो ।
केही समयअघि नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार भएको स्वस्तिक आइतबार प्रतिकित्ता रु. ३४ सयसम्म पुगेको थियो । कारोबार सत्रमा ३४ सय पुगेको कम्पनीको २८ सय ६० सम्म ओर्लिएको थियो ।
दोस्रो बजारमा लगातार अपर पोजिटिभ सर्किट लागेको यस कम्पनीको शेयरमूल्यमा भने आइतबार झण्डै साढे ५ सय रुपैयाँसम्म गिरावट आएको थियो । आज उक्त कम्पनीको विभिन्न मूल्यमा कुल ४४ हजार २९० कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
स्वस्तिक लघुवित्त वित्तीय संस्था लि. (स्वस्तिक) को नेप्सेमा कुल ५ लाख ७७ हजार कित्ता शेयर सूचीकृत छ । जसमा ४० प्रतिशत सर्वसाधारण समूहको २ लाख ३१ हजार कित्ता मात्रै दोस्रो बजारमा कारोबार योग्य छन् ।
अल्ट्रा लो क्याप कम्पनी( केबल २ लाख ३१ हजार कित्ता) मात्रै भएकाले कारोबारीले यस कम्पनीको शेयरमा माग देखिन्छ । यद्यपि यस्ता कम पूँजी भएका कम्पनी कर्नरिङ्ग हुने भएका हुनाले साधारण लगानीकर्ताले भने सुझबुझका साथ लगानी गर्नुपर्दछ । अन्यथा अन्य कम्पनीझैं उच्च मूल्यमा फस्ने सम्भावना बलियो देखिन्छ ।
रिटर्नभन्दा पनि पूँजीगत लाभकै लालचमा कम आपूर्ति भएका शेयर खरिद गर्दा कालान्तरमा माग पक्ष कमजोर हुने र बिक्री गर्र्नै पनि हम्मेहम्मे परेपछि मूल्यमा भारी गिरावट आउने ट्रेण्ड रहेको छ ।
तल्लो मूल्यमा खरिद गरेका कारोबारीले हाल उच्च मूल्यमा स्वस्तिकको शेयर भिडाइरहेका छन् । आइतबार मात्रै नेप्सेमा कम्पनीले सबैभन्दा धेरै कारोबार र धेरै पटक कारोबार भएको छ । उक्त कम्पनीको ४ हजार ८० पटक कारोबार हुँदा कुल ५ लाख २८ हजार ७२८ रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको थियो ।