स्वस्तिकमा प्रफिट बुकिङ्गका कारण अत्याधिक बिक्री चाप, शेयरमूल्य २ हजार आउने सम्भावना

अर्थबिट २०८२-०९-०७ ०७:२९:०० बजे

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.(स्वस्तिक) को शेयरमूल्यमा पहिरो गएको छ । 

आइतबार प्रतिकित्ता रु. ३४ सयसम्म पुगेको स्वस्तिको मूल्यमा सोमबार पनि गिरावट देखियो । 

हाल स्वस्तिकको शेयर डिष्ट्रीब्युसन(वितरण) फेजमा छ । यसको र्याली डाउनट्रेण्ड रहेको छ । अब अझै तल झरेपछि न्यून मूल्यमा मात्रै उक्त कम्पनीको शेयर खरिद गर्न उपयुक्त हुनेछ । 

स्वस्तिकले लगातार सर्किट लेभलको र्याली देखाएर ५–६ सयबाट सीधै ३४ सम्म पुगेको थियो । यसले ठूलो वियरिस रिजेक्सन साथै प्रफिट बुकिङ्गका कारण अत्याधिक बिक्री चाप देखिन्छ । 

पछिल्ला दिनहरुमा असामान्य भोल्युम देखिएको छ । उच्च मूल्यमा कम्पनीको शेयरभाउ घट्दै गइरहेका कारण स्मार्ट मनी बाहिरिएको प्रष्ट देखिन्छ । 

कम्पनीको ३ हजार रेजिस्टेन्स लेभल रहेको छ भने सपोर्ट लेभल २५ सय ५० मा देखिन्छ । प्यानिक सेल आयो भने स्वस्तिको शेयरमूल्य २ हजार मुनि चाँडै आउने सम्भावना छ । 

कम्पनीको सर्टटर्म ट्रेण्ड वियरिस रहेको छ । शेयर खरिद गर्दा उच्च जोखिमको प्रबल सम्भावना छ । 

हाल लगातार घटिरहेको स्वस्तिको शेयर खरिद गर्नु बुद्धिमतापूर्ण हुनेछैन । रिस्क रिवार्ड खराब रहेको छ । 

सोमबार स्वस्तिकको अन्तिम मूल्य रु.२७ सय ४० कायम भएको छ । यो दिन कम्पनीको कुल २२ हजार ५४० कित्ता शेयर खरिदबिक्री भएको थियो । 

चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।