रिलायन्स स्पिनिङ्ग मिल्स : के हुन्थ्यो होला आइपीओ नभरेएको भए, यस्तै नै कुरा लगानीकर्ताले सोचिबसे

अर्थबिट २०८२-११-११ ०९:०१:०० बजे

काठमाण्डौ । प्राथमिक बजार सधैं गुलजार हुन्छ । अंकित मूल्य( रु.१००) मै नयाँ कम्पनीका आइपीओ निष्कासनमा आवेदन गरेपछि माग गरे बमोजिम कित्ता पाइएमा १० देखि ३० गुणासम्म प्रतिफल पाइन्थ्यो । तर बुक बिल्डिङ्गबाट निष्कासन भएको रिलायन्स स्पिनिङ्ग मिल्स लि.को आइपीओका कारण भने अहिले लगानीकर्ताहरु इन्तु न चिन्तु बनेका छन् । प्राथमिक बजारमै महँगोमा खरिद गरेका उनीहरुको लगानी दोस्रो बजारमा फसेपछि तनावमा भेटिएका हुन् । 

विभिन्न अवरोध छिचोल्दै बल्लतल्ल दोस्रो बजारमा सूचीकृत भई कारोबार भइरहेको रिलायन्सको मूल्यले खरिद गरेको मूल्यसमेत नआएपछि लगानीकर्ताहरु तनावमा भेटिन्छन् । 

रिलायन्सको न्यूनतम ५० कित्ता आइपीओको आवेदनका लागि प्रति कित्ता रु.८२० मा ४१ हजार जसोतसो तानतुन सरसापट गरी लगानी गरेकोमा सोमबार बल्लतल्ल रु. ४३२ पुग्यो । 

प्राथमिक बजारमा खरिद गरेको मूल्यभन्दा हाल करिब आधा मूल्यमा किनबेच भइरहेको रिलायन्स ४ दिन लगातार पोजिटिभ सर्किट लाग्दै रु.४३२ पुगेको हो । लगानीकर्ताहरुको सावाँ अझै आउन सकेकै छैन । 

नेप्सेका अनुसार पछिल्लो सोमबारसमेत ४ कारोबार दिनमा रिलायन्सको कुल ३१० कित्ता मात्रै खरिदबिक्री भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।