विज्ञ भन्छन्– “हामी बुल रनको सुरुवाती चरणमा छौँ र अहिलेको बजार चाहिँ लगानीको लागि उपयुक्त हो”
काठमाण्डौ।धितोपत्रको दोस्रो बजार सुस्तरी लयमा आउँदैछ । केही समयअघि दैनिक कारोबार रकम १ अर्ब रुपैयाँ हाराहारी मात्रै हुँदै आइरहेकोमा हाल औसतमा अढाई अर्ब रुपैयाँ भइरहेको छ । कुल बजार पूँजीकरण २६ खर्ब रुपैयाँसम्म ओर्लिएको धितोपत्र बजारमा हाल ३१ ऋर्ब रुपैयाँ नाघिसकेको छ ।
अर्थमन्त्रालयको बागडोर सम्हाल्न विष्णुप्रसाद पौडेलको पुनरागमनलाई धितोपत्र बजारका प्रायः शेयर...