सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी, ३ बालकको मृत्यु

निमा सेर्पा २३:००:२६ बजे

क्यमेराः मदान भन्ड

११ मंसिर, काठमाडौँ । लेखक तथा पत्रकार भरतबन्धु थापाले आफ्नो छैठौं कृतिका रुपमा ‘तस्वीरमा नेपाल’ फोटो पुस्तक बजारमा ल्याएका छन् । यो पुस्तकमा पूर्वमा ओलाङचुङगोलादेखि पश्चिममा कालापानीसम्म र उत्तरमा सगरमाथादेखि दक्षिणमा जनकपुरसम्मका तस्वीर समावेश गरिएको छ । सातै प्रदेशको परिचयसहित त्यहाँका प्रमुख स्थानका तस्वीरहरुलाई एउटै कृतिमा समेटेर थापाको पुस्तकलाई नेपाल प्रज्ञा पतिष्ठानले प्रकाशन गरेको हो । पुस्तकमा फोटो पत्रकार भरतबन्धु थापाले विगत दुई दशकयता खिचेका नेपालको भौगोलिक, प्राकृतिक सुन्दरता, पूरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ४ सयभन्दा बढी स्थानका तस्वीर समावेश छ र ती स्थानका महत्व पनि उल्लेख गरिएको छ । लेखक तथा फोटोपत्रकार थापाले यो पुस्तक नेपाल बुझ्ने आँखीझ्याल हुने बताए । ‘यस पुस्तकमा एकै ठाउँमा बसेर सिंगो देश हेर्न सकिन्छ,’ उनले भने । ३ सय २० पृष्ठको यो पुस्तकको मूल्य २ हजार ७० रुपैयाँ रहेको छ । प्रतिष्ठानको बिक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसबाट यो पुस्तक पाउन सकिने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए । लेखक थापाका यसअघि वाईल्ड वेष्ट नेपाल (२०१३), गन्तव्य कर्णाली (२०१९), कर्णाली (२०२०), एक्सपोलर फारवेष्ट (२०२०) र गन्तव्य मध्यपुर (२०२१) पुस्तक प्रकाशित छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।