एनआइबिएल एस क्यापिटलले लगानीकर्ताको तथ्यांक दूरुपयोग गरेको विषयमा सेबोनको चासो, कार्वाही प्रक्रिया अघि बढ्ने

अर्थबिट २०७९-१२-१० १०:०३:०० बजे

काठमाण्डौ।एनआइबिएल एस क्यापिटलले लगानीकर्ताहरुको तथ्यांक तथा सूचनाको दूरुपयोग गरेको समाचारप्रति नेपाल धितोपत्र बोर्डले चासो देखाएको छ । 

गत आइतबार अर्थबिटमा ‘एनआइबिएल एस क्यापिटलले शेयर लगानीकर्ताहरुको तथ्यांक दूरुपयोग गर्दै, यसरी बाहिरियो घटना’ शीर्षकमा समाचार प्रकाशित भएपछि नियामक निकाय धितोपत्र बोर्डले चासो देखाएको हो । 

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले एनआइबिएल एक क्यापिटल काण्डको सुपरीवेक्षण गर्ने बताए । सूचना तथा तथ्यांकको प्रयोग क्षेत्राधिकार बाहिर रहेर क्यापिटलले गरेको भेटिएमा कार्वाही प्रक्रिया अगाडि बढ्ने दाबी गर्दै श्रेष्ठले कार्वाही प्रक्रिया त अघि बढ्छ नै सम्बन्धित निकायसमक्ष कार्वाही गरिने बताए । 

गत आइतबार प्रकाशित समाचार : एनआइबिएल एस क्यापिटलले शेयर लगानीकर्ताहरुको तथ्यांक दूरुपयोग गर्दै, यसरी बाहिरियो घटना (arthabeat.com)

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।