गिरिजाको फोटोमा कालोमोसो दल्नेसम्म !

निमा सेर्पा १२:०४:०० बजे

क्यमेराः गोपाल तम्

सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा उनी स्ववियु सदस्य भएका थिए । महेन्द्रनगरबाट आइएस्सी गरेर उच्च शिक्षा हासिल गर्न २०३६ सालतिर काठमाडौं आएपछि बलायरले राजनीतिक उचाइ लिन थाले । ४ वर्ष बन्दी जीवन बिताएका बलायरले ०४६ सालको जनआन्दोलनमा थप चर्चा कमाए । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेविसंघ अध्यक्ष भए ।

त्रिवि नेविसंघ अध्यक्ष हुँदा २०४९ सालमा त्रिविमा स्ववियु सभापति पदमा लडेका थिए तर पराजित भए । त्यसपछि बलायरलाई नेविसंघ अध्यक्ष बन्ने अवसर मिलेन । ०५६ मा विराटनगरमा आयोजित नेविसंघको महाधिवेशनमा बलायरले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि गोविन्द भट्टराईलाई अध्यक्ष बनाइयो ।

बलायर काँग्रेसका जुझारु नेता मानिन्छन् । काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ०५१ मा भएको मध्यावधिमा कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तरघात गरेको भन्दै पार्टी कार्यालयमा बलायरले गिरिजाको गाडीमाथि चढेर नाराबाजी गरेका थिए । अन्तरघात गरेर किसुनजीलाई हराएको भन्दै बलायरले बानेश्वरमा गिरिजाको तस्वीरमा कालोमोसो समेत दलेका थिए ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।