काठमाण्डौ।ग्रीन भेञ्चर्स लिमिटेडले आयोजना प्रभावितलाई फागुन २ गतेबाट साधारण सेयर बिक्री गर्ने भएको छ। कम्पनीले १६ गतेसम्म सेयर बिक्री गर्ने लक्ष्य राखेको छ।
कम्पनीले जारी पुँजीको १० प्रतिशत सेयर प्रभावितलाई बिक्री गर्ने छ। उनीहरुले १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ता सेयर पाउने छन्।
सुरुमा प्रभावित क्षेत्र खिजिदेम्बा गाउँपालिका १, २, ९, रामेछापको उमाकुण्ड गाउँपालिका(७ का बासिन्दाले सेयर पाउने छन्। कम्पनीले ओखलढुंगामा लिखु(४ परियोजना निर्माण गर्दैछ। यो ५२।४ मेगावाट क्षमताको आयोजना हो।
यसको कुल अनुमानित लागत प्रति मेगावाट २३ करोड ५ लाख रुपैयाँ छ। कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।
स्थानीयका लागि सेयर निष्कासन गरेपछि कम्पनीले आम सर्वसाधारणका लागि जारी गर्ने छ।