रावा इनर्जीले सर्वसाधारणलाई सेयर जारी गर्ने

अर्थबिट २०७८-१०-२६ ०८:२६:०० बजे

काठमाण्डौ।रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर जारी गर्ने भएको छ। यसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

नियुक्ति सम्बन्धी सम्झौतामा रावाका अध्यक्ष बद्रीप्रसाद गौतम तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

कम्पनीले खोटाङ्गको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ। ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ। 

कम्पनीले हाल कायम जारी पूँजी २० करोडमध्ये स्थानीयका लागि १० प्रतिशत वापत २ करोड रकम बराबरको २ लाख कित्ता सेयर जारी गर्ने छ।

सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता बराबरको सेयर जारी गर्न लागेको छ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।