आज जाल्पा सामुदायिक लघुवित्तको आइपीओ बाँडफाँट हुँदै

अर्थबिट २०७८-११-०१ ०१:०६:०० बजे

काठमाण्डौ।जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ आज आइतबार आइतबार साँझ ५ बजे बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा टाइम स्क्वायर रेष्टुरेन्टमा साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बताइएको छ। 

यसको  प्री–अलोटमेन्ट गत शुक्रबार नै सम्पन्न भइसकेको छ । 

यो आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।

सर्वसााधारणबाट माग भन्दा ६६।६५ गुणा बढी आवेदन परेको जानकारी दिइएको छ । सेयर पाउन भाग्यकै भर पर्नुपर्नेछ । कम्पनीले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्ने ब्यवस्था थियो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।