पाँचथर पावर कम्पनीको संस्थापकतर्फको सेयर साधारण सेयरमा परिवर्तन

अर्थबिट २०७८-११-११ ०२:५४:०० बजे

काठमाण्डौ।पाँचथर पावर कम्पनीको ७८ लाख ८४ हजार ३ सय ४५ कित्ता संस्थापकतर्फको सेयर साधारण सेयरमा परिवर्तन भएको छ।   

पाँचथर पावर कम्पनीअन्तर्गत सञ्चालित हेवा खोला ए जलविद्युत आयोजनाको संस्थापक ७७ लाख कित्ता र आयोजना प्रभावित तथा कर्मचारीका लागि बाँडफाँड भएको कुल १ लाख ८४ हजार ३ सय ४८ कित्ता साधारण सेयरमा परिणत भएको हो।

१४.९ मेगावाटको हेवा खोला ए जलविद्युतले आयोजना प्रभावित बासिन्दाका लागि १ लाख ७४ हजार ७ सय ५० कित्ता र कर्मचारीलाई ९ हजार ५ सय ९८ कित्ता सेयर बाँडफाँड गरेको थियो।   

साधारण सेयरमा परिणत भएको पाँचथप पावर कम्पनीको संस्थापकतर्फको सेयरआगामी फागुन २३ गतेपछि दोस्रो बजारमा किनबेच गर्ने सकिने कम्पनीले जनाएको छ। 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।