आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

अर्थबिट ११:१२:०० बजे

काठमाण्डौ।हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य  छन् । अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । 

साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन ।  ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । नहर मर्मतमा चासो नराख्दा विद्युत आयोनना सञ्चालनमा आउन सकिरहेको छैन ।

उक्त विद्युत्को नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले  मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।