कालीकोटमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभिए राष्ट्रिय प्रसारण लाइन जडान

RSS २०७८-१२-०१ ०२:५३:०० बजे

काठमाण्डौ।कालीकोटमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभिए राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । यसअघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभिए विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गरिएकोमा त्यसलाई थप गरेर ३३ केभिए प्रसारण लाइन जडान गरिएको हो । 

विगतमा कालीकोटमा ११ केभिए प्रसारण लाइनमा विद्युत्को भोल्टेज घटबढ हुने समस्या र नागरिकको माग अनुसार विद्युत् आपूर्ति गर्नका लागि ३३ केभिए प्रसारण लाइन जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यसले विद्युत् आपूर्ति नियमित हुने तथा भोल्टेजमा घढबढ् हुँदैन् ।”

यो कार्यसँगै कालीकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केन्द्रसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम अगाडि बढ्ने प्रमुख पौडेलले बताउनुभयो । “जिल्लाको नौ पालिकामध्ये ३ मा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान भएको छ”, उहाँले भन्नुुभयो,“अब सबै पालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनेछ ।” कर्णालीका दशमध्ये अझैँ तीन जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन् । 

दुई वर्षमा कर्णालीका सबै जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गर्ने र त्यसका लागि विद्युत् प्राधिकरणले रु २५ अर्बको बजेट विनियोजन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । “अहिले विद्युत् नपुगेका हुम्ला, मुगु र डोल्पा जिल्लामा सोलार प्लान्ट जडान गरेर विद्युत्को आपूर्ति पूरा गरिनेछ”, उहाँले भन्नुभयो,“अन्य जिल्लामा विद्युत्को लाइन विस्तार गरेर दुई वर्षमा कर्णालीका सबै गाउँ गाउँमा विद्युत् पु¥याइने छ ।”

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।