बलेफी हाइड्रोपावरमा २० लाख बढीले दिए आवेदन

अर्थबिट २०७८-१२-२१ ०७:२९:०० बजे

काठमाण्डौ।बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको साधारण सेयरमा झन्डै २० लाख बढीको आवेदन परेको छ।

चैत १६ गतेदेखि निष्काशन भएको बलेफी हाइड्रोको आइपीओमा निष्काशनको चौथो दिन अर्थात आज अन्तिम दिनमा २० लाख ५ हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ता आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटले जानकारी दिएको छ ।  यो भनेको १४.७७ गुणाले बढी हो।  

बलेफी हाइड्रोले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । 

बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता सर्वसाधारणको लागि खुला गरिएको थियो। 

 

  

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।