नेपालमै पहिलोपटक हाइड्रोपावर विषयमा पढाई हुँदै(भिडिओसहित)

अर्थबिट २०७८-१२-२२ १०:५३:०० बजे

काठमाण्डौ। नेपालमै पहिलोपटक हाइड्रोपावर विषयमा पढाई हुने भएको छ ।

ईप्पान र शेषकान्त फाउण्डेसनको संयोजनमा खुलेको नेपाल हाइड्रोपावर एकेडेमीमा हाइड्रोपावर विषयमा ३ महिने पढाइ सुरु हुने भएको हो । 

नेपाल हाइड्रोपावर एकेडेमीका कार्यक्रम व्यवस्थापक मानस घिमिरेका अनुसार एकेडेमी यही आर्थिक वर्षको अन्ततिर हाइड्रोपावर विषयमा पढाई सुरु गर्न लागिएको जानकारी दिए । ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक ज्ञान प्रदान गर्ने कोर्स रहेको जानकारी दिँदै उनले हाइड्रोपावर आयोजनाको सञ्चालन र मर्मतसम्भारका विषयमा विस्तृत पढाई हुने बताए । 

। नेपाल हाइड्रोपावर एकेडेमीले हालसम्म हाइड्रोपावर विषयमा ३ महिने पढाइको अवधिलाई बिस्तारै ६ महिने /१ वर्षे र २ वर्षे कोर्स बनाउने योजना रहेको घिमिरे दाबी गर्छन् । तालिमपछि हाइड्रोपावरका विभिन्न आयोजनामा शतप्रतिशत रोजगारी पनि उपलब्ध गराइने उनले जिकिर गरे । 

विस्तृत भिडिओमा हेर्नुहोस्ः

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।