काठमाण्डौ।इक्रा नेपाल लिमिटेडले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई (इक्रा एनपी आइआर) डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई (इक्रा एनपी आइआर) डबल बी प्लस रेटिङ्ग प्रदान गरेको जानकारी दिएको छ ।उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको इक्रा नेपालल बताएको छ ।
उक्त रेटिङ्ग निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र रहेको र यो कुनै खास ऋणपत्र विशेष राय भने नभएको इक्रा नेपालले स्पष्ट पारेको छ ।