धितोपत्र बोर्डद्वारा २ हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासन अनुमति

अर्थबिट २०७८-१२-२८ ०७:२६:०० बजे

काठमाण्डौ।नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ। 

बोर्डले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र दोर्दी खोला जलविद्युत् कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डले बिन्धाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गत चैत २५ गते र  दोर्दी खोला जलविद्युतलाई चैत २८ गते स्वीकृति दिएको जनाएको छ।

बोर्डले बिन्धाबासिनी हाईड्रोपावरलाई २५ करोड रुपैयाँको २५ लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो। जलविद्युतले बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ।

 

यसैगरी दोर्दी खोला जलविद्युत कम्पनीलाई पनि आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति पाएको छ।  दोर्दी खोला जलविद्युतको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

 

दुवै जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय क्षेत्रमा बासिन्दासँगै सर्वसाधारणका लागि उल्लेखित साधारण सेयर निष्काशन गर्ने छन्। यद्यपि, कहिलेसम्ममा सेयर जारी गर्ने भन्ने कम्पनीहरुले सार्वजनिक गरिसकेका छैनन्। 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।