मध्यमस्र्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

RSS २०७९-०१-०१ ०५:२८:०० बजे

काठमाण्डौ।लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुनथालेको छ । 

केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मस्र्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताउनुभयो ।  पुस लागेसँगै २६÷२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला  ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । 

हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको यस आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा वैशाख महिनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ । सन् २००० मा निर्माण सुरु भई उक्त आयोजना सन् २००८ मा सम्पन्न भएको हो । कुल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो ।   

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।