सन् २०३० सम्ममा स्वच्छ, किफायती ऊर्जाका लागि संयुक्त राष्ट्रसंघको कार्ययोजना घोषणा

RSS २०७९-०१-२२ १२:४९:०० बजे

काठमाण्डौ।संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा सबैका लागि स्वच्छ, किफायती ऊर्जा प्राप्त गर्न बुधबार आफ्नो ऊर्जा योजनाको शुरुवात गरेको संयुक्त राष्ट्रसंघका प्रवक्ताले बताएका छन् ।

यो योजनाले गत सेप्टेम्बरमा भएको ऊर्जा सम्बन्धी उच्चस्तरीय वार्तामा गरेको बृहत् वाचा पूरा गर्न विश्व निकायका ३० संस्था र अन्तरराष्ट्रिय संस्थाहरूद्वारा सामूहिक कार्यका लागि कदमहरू तय गरिएको संयुक्त राष्ट्रसंघका प्रमुख प्रवक्ता स्टेफेन डुजारिकले उल्लेख गरेका छन् ।

त्यो प्रतिबद्धतामा ५० करोड बढी मानिसको बिजुलीमा पहुँच र १ अर्ब बढी मानिसलाई सफा खाना पकाउने प्रबन्धको समाधान, २०२५ सम्ममा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतामा ३ करोड रोजगारी सिर्जना गर्ने भएको दुजारिकले भनेका छन्।

सन् २०३० सम्ममा स्वच्छ, किफायती ऊर्जा जलवायु आपतकालीन र सन् २०५० सम्ममा शुद्ध शून्य उत्सर्जनलाई सम्बोधन गर्न महत्त्वपूर्ण छ।

प्रवक्ताले नयाँ ऊर्जा कम्प्याक्ट एक्शन नेटवर्क पनि घोषणा गरेका छन्। यसको लक्ष्य सरकारहरूसँग उनीहरूको स्वच्छ ऊर्जा लक्ष्यहरूको लागि समर्थन खोज्ने सरकारहरूलाई मिलाउनु हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।