काठमाण्डौ।इक्रा नेपालले मोलुङ्ग हाइड्रोपावर कम्पनी र साहस ऊर्जा लिमिटेडलाई क्रेडिट रेटिङ्गलाई पुनः पुष्टि प्रदान गरेको छ ।
इक्राले मोलुङ्ग हाइड्रोपावर कम्पनी र साहस ऊर्जा लिमिटेडलाई क्रेडिट रेटिङ्गलाई पुनः पुष्टि प्रदान गरेको हो ।
इक्राले मोलुङ्ग हाइड्रोपावर कम्पनीलाई (इक्रा एनपी–आइआर)डब्बल बी निष्कासनकर्ता रेटिङ्गलाई पुनः पुष्टि गरेको छ । यसको अर्थ यस्ता संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।
यसैगरी इक्राले साहस ऊर्जा लिमिटेडलाई (इक्रा एनपी–आइआर)डब्बल बी प्लस निष्कासनकर्ता रेटिङ्गलाई पुनm पुष्टि गरेको छ । यसको अर्थ यस्ता संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।
उक्त रेटिङ्ग निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले स्पष्ट पारेको छ ।