रिभर फल्स पावरको आइपीओमा आजदेखि आवेदन दिन सकिने

अर्थबिट २०७९-०१-२८ ०९:०८:०० बजे

काठमाण्डौ।रिभर फल्स पावरले आज बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । 

कम्पनीले सर्वसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख ३६ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने छन् । 

सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावितलाई आइपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ । 

रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्त भित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको कम्पनीले जनाएको छ। 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।