काठमाण्डौ।गत बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेश्रो दिन विहान १०ः३० बजे सम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ ।
२७ लाख ३० हजार कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन विहान १० बजेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता सेयरको लागि आवेदन परेको छ ।
यो आइपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।
यो आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा यही बुधबार अपरान्ह ५ः३० बजेसम्म रहेको छ ।