पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिण्डर एक हजार ८००

अर्थबिट २०७९-०२-०९ ०९:०८:०० बजे

काठमाण्डौ।नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।