सोलार प्लान्टबाट विद्युत्

RSS २०७९-०२-१३ ०९:३६:०० बजे

काठमाण्डौ।जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपेचौर र घुघुत्ती विद्युत गृहको चौरबाट सौर्यप्लान्टबाट विद्युत् उत्पादन हुने भएको छ । यहाँको बिजुली आपूर्ति व्यवस्थापनका लागि एक हजार ५०० किलोवाट सोलार प्लान्ट राखिने भएको छ । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ । 

जिल्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपचौर र घुघुत्ती विद्यतु गृह नजिकको चौरमा सौर्य प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको लगानीमा सो प्लान्ट राख्नका लागि खोपेचौर र विद्यतु गृह नजिक चौर छनोट गरी पठाएको विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो ।

जिल्लामा राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ । जिल्लामा अझै पनि यहाँका सबै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।