बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ जेठ २० गतेदेखि निष्काशन हुने

अर्थबिट २०७९-०२-१३ १०:४२:०० बजे

काठमाण्डौ।बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गतेदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणका लागि १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।बाँकी १३ लाख ६५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्नेछ ।  आइपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने छ । सानिमा क्यापिटल सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा रहेको छ ।  

कम्पनीले कास्कीको रुदी खोलामा रुदी ए र रुदी बी गरी क्रमशः ८.८ मेगावाट र ६.६ मेगावाट गरी कुल  १५.४ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।