नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर सूचीकृत,कति तोकियो सुरुवाती मूल्य ?

अर्थबिट २०७९-०३-२९ १२:२३:०० बजे

काठमाण्डौ।नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको छ ।

आज बुधबार नेप्सेमा ोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर सूचीकृत भएको हो ।

रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर बुधबार सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।

कम्पनीलाई नेप्सेले‘डीओआरडीआई’ कोडसमेत प्रदान गरेको छ अर्थात् कम्पनीको सिम्बोलका रुपमा दोस्रो बजारमा ‘डीओआरडीआई’ नाममा कारोबार हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि सुरुवाती मूल्यसमेत तोकिदिएको छ जसअनुसार प्रतिकित्ता रु.१०२.३९ देखि ३०७.१७ मा स्पेशल प्रिओपन सेसनमा कारोबार हुनुपर्ने छ ।

भोलि स्पेश प्रि ओपन सेसनबाट कम्पनीको पहिलो कारोबार भएमा नियमित कारोबार समयमा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर खरिदबिक्री गर्न मिल्नेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।