जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु

RSS २०७९-०३-३१ ११:२१:०० बजे

काठमाण्डौ।जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला जलविद्युत् आयोजनाको विद्युत्गृहको घर भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । गए राति करिब साढे २ बजे आयोजनाको विद्युत् गृहको घर भासिँदा उनीहरुको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा नौ वर्षीय भरत र सात वर्षीय सूर्यको मृत्यु भएको हो । विद्युत्गृहका चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको घटनास्थलमै मृत्यु भएको भट्टले बताउनुभयो । बड्की प्रहरी चौकीमा सुरक्षार्थ प्रहरी राति बत्ती किन गयो भनेर हेर्न जादा घर भासिएको देखेका थिए । 

मृत भेटिएका तीनै जना आयोजनाको विद्युतगृहभित्र सुतिरहेका थिए । प्रहरी चौकी बड्कीमा कार्यरत प्रहरी र स्थानीयवासी राति नै घटनास्थलमा पुगी उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनै जनाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।