नगरपालिका भित्रका नागरिकलाई विद्युत् महसुलमा छुट हुने

RSS २०७९-०६-०५ ०९:२२:०० बजे

काठमाण्डौ।तानसेन नगरपालिका भित्रका नागरिकलाई विद्युत् महसुलमा छुट हुने भएको छ । पाँच एम्पियरको मिटर जडान गरी २० युनिटसम्म विद्युत् खपत गर्ने घरधुरीलाई महसुल छुट हुने भएको हो ।

तानसेन नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रसँग सम्झौता गर्दै महिनामा २० युनिटसम्मको विद्युत् खपत गर्ने एक हजार आठ सय १५ घरधुरीको विद्युत् महसुल छुट गर्ने सम्झौता गरेको उपप्रमुख प्रतीक्षा सिञ्जालीले जानकारी दिनुभयो । 

विद्युत् महसुल छुट कार्यविधि २०७९ अनुसार आर्थिक रुपले कमजोर रहेका घरधुरीहरुको पारिवारिक लगत सङ्कलन गरी महसुल छुट दिने व्यवस्था मिलाइएको हो । यसअन्तर्गत प्रतिपरिवार एक वर्षको रु तीन सय ६० को दरले विद्युत् महसुल विद्युत् प्राधिकरणलाई अग्रिम भुक्तानी गर्ने सम्झौता गरिएको पाल्पा वितरण केन्द्रका प्रमुख इन्जिनियर विवेक अधिकारीले बताउनुभयो । 

यहाँका विपन्न परिवारलाई लक्षित गरी ११औँ नगरसभाबाट महसुल छुट गर्ने निर्णय गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । तानसेन नगरपालिकाले लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुलको २५ प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । पाल्पामा २० युनिटभन्दा थोरै विद्युत् खपत गर्ने परिवारहरु २५ हजार रहेका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।